ओम समाज डेन्टलले निषेधाज्ञाको बेला बिरामीलाई निःशुल्क प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने



Download our app to get more features

काठमाडौं, १८ वैशाख । ओम समाज डेन्टल अस्पतालले कोभिड–१९ को कारण लगाइएको निषेधाज्ञाको समयमा निःशुल्क प्राथमिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

शनिवार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना महामारीको जोखिम बढ्दै गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा लगाइएको लकडाउनले घरमा रहेका सामान्य बिरामीलाई समस्या हुने गरेको र उपचारबाट बञ्चित हुने हुँदा ओम समाज डेन्टलले निः शुल्क प्राथमिक स्वास्थ्य सेवा र एम्बुलेन्स सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अस्पतालले बिराज समाज, क्याप्टेन विजय लामा, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल, कर्ण बहादुर शाही, डा. सुभास घिमिरे, अधिवक्ता संजय राज अधिकारी, पर्यटन व्यवसायी तथा पर्यटन यातायात महासंघका अधक्ष्य रामहरि शर्मा, ज्ञानेन्द शाही, कलाकार निखिल उप्रेती, केदार घिमिरे, देबेन्द्र प्रधान लगायतको सहयोगमा निःशुल्क प्राथमिक र आकस्मिक  स्वास्थ्य सेवा, मुख तथा दन्त्य सेवा र २४ सैं घन्टा एम्बुलेन्स सुविधा उपलब्ध गराइने बताएको छ ।

बिना कारण अकालमै बिरामीले ज्यान गुमाउन नपरोस् भन्दै अस्पतालले यो सेवा दिन लागेको हो ।

कार्यक्रममा बोल्दै डा.सुभास घिमिरेले भौतिक दुरी कायम गर्दै मास्क लगाउन र अनावश्यक अक्सिजन सिलिन्डर स्टक नगर्न आग्रह गरे ।

अन्य वक्ताहरुले पनि न–आत्तिन न–आत्याउन, बिरामीको मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक सञ्जालमा पोस्ट सेयर नगर्न आग्रह गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ वडा अधक्ष्य सुद्द कुमार डंगोल, बिराज समाजका निबर्तमान अधक्ष्य दिनेस कुमार मगर, क्याप्टेन विजय लामा, पुर्व प्रहरी प्रमुख सर्बेन्द्र खनाल लगायतको उपस्थिति थियो ।

अभियानमा सहयोग गर्नेहरुले जनही १५ हजारका दरले सहयोग गरेका थिए अभियानलाई  बढाउन अन्य संघ संस्था र व्यक्तिलाई पनि आग्रह गरिएको छ । 

मुना साधना  विश्कर्मा (स्वास्थकर्मी ), जिता बराल (स्वास्थकर्मी ), निर्मल कार्की (चालक), तेञ्जिंग तामांग (चालक) को टिमले बिरामी तथा एम्बुलेन्स व्यवस्थापन गर्ने छन् ।

सेवा लिन चाहने व्यक्तिले ९८५१२७७३४२÷९८५१२३९३४२÷९८५१३१२४१७ मा सम्पर्क गर्न सक्नेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts