दाङको लमहीमा आइसोलेसन अस्पताल सञ्चालमा आउने



Download our app to get more features

दाङ, १३ बैशाख । दाङको लमहीमा आइसोलेसन अस्पताल सञ्चालमा आउने भएको छ । देउखुरीका चार वटा पालिकालाई समेट्ने गरी अक्सिजन सहितको आइसोलेसन अस्पताल बन्न लागेको हो । 
राप्ती गाँउपालिका वडा नम्बर ४ मौरिघाटमा अवस्थित राप्ती प्राविधिक शिक्षालयमा सञ्चालन हुदै आएको देउखुरी आइसोलेसन सेन्टर मंसिर १ गतेदेखि बन्द भएपछि देउखुरी क्षेत्रमा आइसोलेन अस्पताल खड्किएको थियो । लुम्बिनी प्रदेशको राजधानी घोषणसँगै राप्ती प्राविधिक शिक्षालयमा प्रदेश सभा सञ्चालना लागि उक्त सेन्टर बन्द गरीएको थियो । 

जिल्लाको देउखुरी उपत्यका अन्तरगतका चार पालिकाहरुको संयुक्त पहलमा कोरोना संक्रमितहरुलाई राख्नको लागि लमहीको रातोडाँडामा अवस्थित नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसोलेसन अस्पतालको रुपमा स्थापना गर्न लागिएको राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए । 

उक्त अस्पताल अक्सिजनसहितको २५ बेडको हुने राप्ती गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए । राउतका अनुसर देउखुरी क्षेत्रका चार वटा पालिकाहरु लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले तत्कालका लागि २०÷२० लाख रुपैयाँगरी ८० लाख जम्मा गरेर अक्सिजन सहितको अस्पताल ब्यवस्थापन गर्न लागिएको हो । 
‘अस्पतालका लागि आवस्यक जनशक्ति माग गरिसकिएको छ” राउतले भने ‘सम्भवत १० दिन भित्र अस्पताल सञ्चालमा आउने छ ।” अस्पताल संचालनाका लागि चार जना मेडिकल अफिसर, चार जना स्टाप नर्स, २ जना अहेव, २ जना अनमी र ५ जना सरसफाई कर्मचारी माग गरिएको छ । तत्कालका लागि ल्याव भने लमही अस्पतालको ल्याव नै प्रयोग गरिने छ राउतले बताए ।

Last modified on 2021-04-26 22:28:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts