ओम समाज डेन्टलले यस पटकको निषेधाज्ञाको बेला पनि घरमै गएर सेवा दिने



Download our app to get more features

काठमाडौं, १४ वैशाख । ओम समाज डेन्टलले निषेधाज्ञाको समय पनि सेवा सुचारु राख्ने भएको छ ।

कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको बेला कसैलाई दाँत दुखाईको पीडाले घरमा बस्न नपरोस् भनि अशक्त, जेष्ठ नागÞरिक र अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई अस्पतालले निः शुल्क सेवा दिने भएको हो ।

घरमै गएर निः शुल्क आपतकालीन सेवाको उपचार गर्नका लागि हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न डेन्टल उपकरण जडित  एम्बुलेन्सको प्रयोग गर्ने बताएको छ ।

सेवा लिने सेवाग्रहीले आफ्नो फोन नम्बर र ठेगाना हस्पिटलमा फोन गरि टिपाउनु पर्ने र हाललाई यो सेवा वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन गरिने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले यसअघि पनि लकडाउनको बेला अप्ठ्यारोमा परेकाहरुलाई घरमै गएर निः शुल्क आपतकालीन सेवा दिएको थियो । जसमा निःशुल्क उपचार तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts