काठमाडौं महानगरका प्रमुखद्वारा ॐ अस्पतालस्थित खोप केन्द्रको अवलोकन



Download our app to get more features

काठमाडौं, १ चैत्र । काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्या सुन्दर शाक्यले चावहिल स्थित ॐ अस्पतालमा सञ्चालित खोप केन्द्रको अवलोकन गरेका छन् ।

सम्बन्धीत वडाका प्रमुखहरुसहित ॐ अस्पताल पुगेका नगर प्रमुख शाक्यले अस्पतालस्थित खोप केन्द्रमा पुगेर नाम दर्तादेखि खोप लगाउने र अवलोकन कक्षको पनि अवलोकन गरेका थिए ।

ॐ अस्पतालका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. हरिश जोशी र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले महानगर र ॐ अस्पतालको सहकार्यमा सञ्चालित खोप केन्द्रको व्यवस्थापनबारे नगरप्रमुख शाक्यलाई जानकारी गराएका थिए ।

अवलोकनका क्रममा नगरप्रमुख शाक्यले कोभिड विरुद्धको खोप लगाउन आएका जेष्ठ नागरिकहरुसँग समेत संक्षिप्त प्रतिकृया लिएका थिए ।

जवाफमा खोप लगाउन आएका जेष्ठ नागरिकहरुले ॐ अस्पतालस्थित खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामशर्ष समेतको सुविधाले खोप कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन भएको र सहज रुपमा खोप लिएको बताएका थिए ।

ॐ अस्पतालका अध्यक्ष डा. श्रेष्ठले रजिष्ट्रेशन डेस्कदेखि परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त वैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले ढुक्क भएर खोप लगाउन समपूर्ण स्थानीयहरुलाई आग्रह गरे ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा. जोशीले कोभिड १९ बिरुद्धको विश्वव्यापी लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गर्दै खोप कार्यक्रम थप केहिदिन निरन्तर रहने बताए ।

ॐ अस्पताल खोप केन्द्रमा हालसम्म ५ हजार जना भन्दा बढी ५६ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाइसक्नुभएको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts