विश्व मिर्गौला दिवस र आफ्नो वार्षिकोत्सवको अवसरमा मार्क इन्टरनेशनले विभिन्न कार्यक्रम गर्ने



Download our app to get more features

काठमाडौं, २६ फागुन । मार्क इन्टरनेशनल किड्नी सेन्टरले विश्व मिर्गौला दिवस र आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सेन्टरको दोस्रो वार्षिकोत्सव र विश्व मिर्गौला दिवस एकैदिन परेकाले विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइने सेन्टरका अध्यक्ष डा. अर्चन शमशेर राणाले बताए ।

‘मिर्गौला रोगीका लागि स्वस्थ जीवनशैली’ नाराका साथ सेन्टरले यस वर्ष दिवस मनाउन लागेको उनले बताए । 

सेन्टर र लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालको संयुक्त आयोजनामा हुने कार्यक्रममा निःशुल्क मिर्गौला परीक्षण, रक्तदान तथा वाक ओ थोनको आयोजना गरिने छ ।

सेन्टरका अनुसार विश्वमा हरेक १० जनामध्य १ जनामा मिर्गौलाको समस्या देखिने भएकाले जीवनशैली नै सुधार्नुपर्ने देखिन्छ ।

लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै सामाजीक उत्तरदायीत्व बहन गरेर पछिल्लो २ वर्षदेखि मार्क इन्टर नेशनल किड्नी सेन्टरसँग कार्यक्रम तथा शिविरहरुमा सहकार्य गर्दै आएको छ ।

सेन्टरले सप्ताहव्यापी रुपमा विश्व मिर्गौला दिवस मनाउने डा. रानाले बताए ।

मार्क इन्टरनेशनलले भने विगत २ वर्षदेखि मिर्गौला रोगीको उपचारमा सेवा प्रदान गर्दै आएको छ । कोरोना महामारीकाबीच पनि सेन्टरले आफ्नो सेवालाई जारी राखेको थियो ।

Last modified on 2021-03-10 19:50:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts