गुणस्तरीय शिक्षा र डेन्टल सर्जनको दरबन्दी थपका लागि सरकार प्रतिवद्धः मन्त्री श्रेष्ठ



Download our app to get more features

काठमाडौं, २५ फागुन । कान्तिपुर डेन्टल कलेजको १२ औं ब्याजका विद्यार्थीहरुले १३ औं ब्याजका विद्यार्थीहरुलाई स्वागत गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १३ औं ब्याजका विद्यार्थीहरुलाई  स्वागत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले डेन्टल र दन्त्य चिकित्सा शास्त्रको महत्व दिनानुदिन बढीरहेकोले गुणस्तरीय शिक्षा र डेन्टल सर्जनको दरबन्दी थपका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

यस्तै, विशिष्ट अतिथि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर कृष्ण गिरीले कान्तिपुर डेन्टल कलेजले नेपालमा मात्र नभई अन्तर्राष्टिय स्तरमा समेत पहिचान बनाईसकेको बताउँदै अझ भविष्यमा कलेजमा अध्यनरत विद्यार्थीहरुलाई स्वदेश तथा विदेशका विभिन्न विषयमा अनुसन्धान गर्नका लागि तयार रहनका लागि शुभकामना समेत दिए ।

यसअघि कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठले डेन्टल सर्जनका बिषयमा भएका समस्या, दरबन्दी बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्यमा जोड दिनुपर्ने, मुख स्वास्थ्य शिक्षालाई सरकारले महत्व दिनुपर्ने लगायतका बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा कलेजका प्रिन्सिपल डा. रबिन्द्रमान श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराएका थिए भने कलेजका १२ औं व्याजका विद्यार्थी दावा योन्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Last modified on 2021-03-09 08:26:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts