महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी, आईसीयूमा भर्ना भएका १३ जनाको मृत्यु 



Download our app to get more features
Spark_health_home

एजेन्सी, १० बैशाख । भारतको महाराष्ट्रमा कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा भर्ना भएका १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आगलागीमा घाइते भएका बिरामीलाई अर्को अस्पतालमा रेफर गरिएको छ । दुई दिनअघि मात्रै महाराष्ट्रको नासिकमा रहेको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा २२ जना बिरामीको ज्यान गएको थियो । भारतमा अहिले कोरोना भाइरसको सङ्क्रमण बढेसँगै दिल्लीमा अक्सिजनको अभाव हुन थालेको छ ।

दिल्लीका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् । गएको २४ घण्टामा भारतमा ३ लाख ३२ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने यो अवधिमा २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ । 

Last modified on 2021-04-23 16:32:56

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts