कोरोनाविरुद्धको चिनियाँ खोप विश्वसनीय नभएको विश्व स्वास्थ्य संगठनको दावी



Download our app to get more features

एजेन्सी, २४ वैशाख । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप विश्वसनीय नभएको दावी गरेको छ ।

चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि संगठनका विज्ञहरुले चीनले विकास गरेको कोरोनाविरुद्धको खोपमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको बताएका हुन् । यद्यपी यसबारेमा औपचारिक जानकारी सार्वजनिक हुन बाँकी नै रहेको सञ्चार संस्था रोयर्टसले जनाएको छ ।  

खोपले कोरोनाविरुद्ध लड्नसक्ने भएपनि यसले गम्भीर साइड इफेक्टहरु पार्न सक्नेतर्फ विश्व स्वास्थ्य संगठनले संकेत गरेको हो ।  

डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिइन् । 

विश्व स्वास्थ्य संगठनले आफ्नो नियमित मिडिया ब्रिफिंगको क्रममा यसअघि नै चीनले विकास गरेको कोरोनाविरुद्धको खोपबारे अध्ययन भइरहेको र खोप प्रभावकारिताका बारेमा चाँडै नतिजा सार्वजनिक गरिने बताएको थियो ।

बेइजिंगस्थित सिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ । 

Last modified on 2021-05-07 10:16:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts