मालीकी एक महिलाले जन्माइन् नौ सन्तान



Download our app to get more features

बीबीसी, २३ बैशाख । अफ्रिकी  देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन् । पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ ।

 २५ वर्षकी हालिमा सिसेले पाँच छोरी र चार छोरा जन्मिएकी हुन् । उनीका पतिले आफू धेरै खुसी रहेको बताएका छन् । उनले भनेका छन्  “मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु । 

माली सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने भन्दै मोरोक्को पठाएको थियो । पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्याएको थियो । 

दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ ।

मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो ।

Last modified on 2021-05-06 19:33:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts