वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतराः अमेरिकन हर्ट एसोसिएसन



Download our app to get more features

एजेन्सी, २३ वैशाख । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकन हर्ट एसोसिएसनले सार्वजनिक गरेको एक अध्ययनमा वायु प्रदूषणका कारण बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने उल्लेख गरिएको छ ।

मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको र यो चिन्ताको विषय बनेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनमा अमेरिका, चीन, युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययन निष्कर्ष समेटिएको छ ।

बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्बन्धी समस्या र मुटुसम्बन्धी समस्या देखिने गरेको अध्ययनकर्ताले बताएका छन् ।

बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निष्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुको दावी छ ।

अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागी थिए ।

अध्ययनमा संलग्न भएका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी)ले दुई पक्षको सम्बन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफुले भेटेको बताए । 

लामो र छोटो अवधिमा अध्ययन गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि अध्ययन गरिएको उनीहरुको भनाइ छ ।

अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए ।

Last modified on 2021-05-06 11:26:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts