चीनले उपलब्ध गराएको कोरोना खोप 'भेरोसेल' निजी अस्पतालमा पनि निःशुल्क लगाइँदै



Download our app to get more features

काठमाडौं, ४ वैशाख । सरकारले चीनबाट प्राप्त कोरोनाविरुद्धको खोप निजी अस्पतालहरुबाट पनि लगाउन सुरु गरेको छ ।

सर्वसाधारणले विभिन्न पाँच वटा निजी अस्पतालबाट कोरोनाविरुद्धको खोप भेरोसेल निः शुल्क लगाउन पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले चीन सरकारले उपलब्ध गराएको भेरोसेल नामक कोरोनाविरुद्धको खोप ५ वटा निजी अस्पतालहरुबाट निःशुल्क लगाउनका लागि भनेको हो ।

शुक्रवारदेखि सुरु भएको खोप भोलिसम्म लगाउन पाइनेछ ।

निःशुल्क खोप लगाउने अस्पतालमा सानेपास्थित स्टार हस्पिटल पनि रहेको छ । हस्पिटलका डा. सन्देश जिसीले शुक्रवार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भेरोसेल नामक कोरोनाविरुद्धको निःशुल्क खोप लगाउन थालिएको बताए ।

उनले १८ वर्ष पूरा भएका र ५९ वर्ष नकटेकाहरुलाई परिचयपत्र खुल्ने आधारमा कोरोनाविरुद्धको खोप निःशुल्क लगाउन थालिएको बताए । शुक्रवार मात्रै ५० जनाभन्दा बढीले भेरोसेल खोप लगाएको पनि उनले जानकारी दिए ।

यस्तै निः शुल्क खोप लगाउनेमा अल्का, सुमेरू, मेडिसिटी र निदान हस्पिटल पनि रहेका छन् । 

Last modified on 2021-04-17 13:32:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts