राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले ॐ अस्पताल पुगेर लगाए कोरोनाविरुद्धको खोप



Download our app to get more features

काठमाडौं, २६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।

नेपाल सरकारले दोस्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्र«व्यापी अभियान अन्तर्गत उनीहरुले खोप लगाएका हुन । उनीहरुले बुधवार अपरान्ह  चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन् ।
 
जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा सञ्चालित खोप कार्यक्रममा उनीहरुलाई खोप लगाइएको हो ।

खोप लगाउनेमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण के.सी., सुशन भारी, अविनाश वोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ रहेका छन् ।

उनीहरुले चिन सरकारले अनुदानमा दिएको भेरो सेल खोप लगाएका हुन् । 

नेपाल सरकारले १८ देखि ५९ वर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिक्तामा राखिएको छ । जसमा उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्ययन गर्न जाने तथा चीनबाट अध्य्यन गरी नेपाल फर्किएका र नेपालमै बसोबास गर्नेहरुलाई समेत प्राथमकतामा राखिएको छ । 

ॐ अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको राष्ट्रिय गौरव वोकेका खेलाडीहरुका लागी ॐ हस्पिटलको तर्पmबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts