खाना खाएपछि १० मिनेट हिड्दा हुन्छन् यस्ता फाइदा



Download our app to get more features

काठमाडौं, ४ बैशाख । हिड्ने बानी स्वास्थ्य लागि राम्रो मानिन्छ । पछिल्लो समयमा चिकित्सकहरु समेत हिडडुल गर्न सुझाव दिने गर्छन् । खासगरि खाना खाइसकेपछि १० मिनेट मात्र हिड्नु पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आफ्नो शरीरको क्षमता अनुसार खाना खाएपछि १० देखि ३० मिनेट हिँड्ने सकिने अनुसन्धानले समेत बताएको छ । अनुसन्धानका अनुसार हिँड्दा क्यालोरी बर्न गरेर तौल बढ्नबाट जोगाउँनुका साथै क्यान्सरजस्तो रोगको खतरा पनि घटाउँछ । खाना खाएपछि हिँड्नुपर्ने यस्ता छन् कारण हरु 

पाचन राम्रो हुन्छ 

खाना खाएपछि हिड्ने गर्दा पाचन राम्रो हुन्छ । खाना चाँडै तथा सजिलै पच्ने गर्छ । यसका साथै पेप्टिक अल्सर, छाती पोल्ने, पेटमा ऐठन र कोलोरेक्टल क्यान्सरको खतरा पनि कम हुन्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ 

खाना खाएपछि हिँड्दा रगतमा चिनीको मात्रा बढ्ने खतरा कम हुन्छ । त्यसैगरि सन् २०१६ मा भएको अनुसन्धानका अनुसार १० मिनेट हिँड्दा खाना खाएपछि बढ्ने ब्लड सुगरमा पनि कमी आउँछ ।

हृदयरोगको खतरा घटाउँछ 

शारीरिक गतिविधि मुटुका लागि निकै फाइदाजनक मानिन्छ । यो कुरा अनुसन्धानले समेत प्रमाणित गरेको छ । खाना खाएपछि १० मिनेट हिँड्दा मुटु रोगको खतरा घट्ने गरेको अमेरिकाको स्वास्थ्य विभागले जनाएको
छ।

तौल बढ्न दिदैन 
खाना खाएपछि हिडहुल गर्दा क्यालोरी बर्न हुने विज्ञहरु बताउँछन् । खाना खाएपछि नियमित हिड्नुहुन्छ भने तौल बढ्ने खतरा केही हदसम्म कम हुने बताइन्छ । त्यसैगरि खानेकुरामा पनि ध्यान दिनुपर्ने हुन्छ धेरै तेल र मसालायुक्त खानेकुरा खानु भने हुदैन ।

रक्तचाप बढ्दैन 

नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार १० मिनेट हिँड्दा बढेको रक्तचाप नियन्त्रणमा रहन्छ । खाना खाएर हिँड्दा तपाईं तीब्र गतिमा भने हिँड्न नहुने विज्ञको भनाइ छ ।

Last modified on 2021-04-17 13:32:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts