पछिल्लो २४ घण्टामा विश्वको सबैभन्दा धेरै कोरोना संक्रमण भारतमा, २ लाख ३३ हजार भन्दा धेरै संक्रमित थपिए



Download our app to get more features

एजेन्सी, ४ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा विश्वको सबैभन्दा धेरै २ लाख ३३ हजार ९०० जना संक्रमित थपिएका छन् । एकै दिनमा एक हजार ३३८ संक्रमितको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख २५ हजार कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा बढी भारतमा थपिएका हुन् । 

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४५३ जनाको मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या ३० लाख ११ हजार पुगेको हो ।
अमेरिकामा ७९ हजार ४०० संक्रमित थपिएका छन् भने ८६३ जनाको मृत्यु भएको छ । ब्राजिलमा ७६ हजार २०० संक्रमित थपिँदा ३ हजार ७० जनाको मृत्यु भएको जनाइएको छ । टर्कीमा ६३ हजार संक्रमित थपिँदा २८९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ३६ हजार ४०० संक्रमित थपिएका छन् भने ३१३ जना संक्रमितको मृत्यु भएको छ ।  अर्जेन्टिनामा २९ हजार संक्रमित थपिँदा १५९ जनाको मृत्यु भएको छ । इरानमा २५ हजार संक्रमित थपिँदा ३२८ जनाको मृत्यु भएको छ ।
पछिल्लो पटक थपिएकासहित विश्वभर कोरोना संक्रमतिको संख्या १४ करोड ५ लाख पुगेको छ । जसमध्ये संक्रमणमुक्त हुनेको संख्या ११ करोड ९३ लाख पुगेको छ ।

Last modified on 2021-04-17 13:30:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts