जमलमा खुल्यो अत्याधुनिक नाक, कान, घाँटी रोग उपचार केन्द्र 



Download our app to get more features

काठमाडौं, २ बैशाख । काठमाडौको जमलस्थित विश्वज्योति मलको तेस्रो तलामा अत्याधुनिक नाक, कान घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा आएको छ । 

निर्देशक एवं लेखक किशोर ढकाल तथा चलचित्र निर्माता एवं प्रदर्शक छिरिङ दोर्जे लामाले नाक, कान, घाँटी विशेषज्ञहरुसँगको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

नयाँवर्षको अवसर पारेर बुधबारबाट सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घाँटी स्वास्थ्य परामर्श शिविर पनि आयोजना गरेको छ । बुधबार शुरु भएको शिविर शुक्रबारसम्म चल्ने सेन्टरका क्लीनीकल म्यानेजर डा. जयेन्द्र प्रधानाङ्गले हाम्रो डक्टर न्यूजलाई बताए । 

केन्द्रमा नाक, कान, घाँटी विशेषज्ञहरु डा. दीपेन्द्र श्रेष्ठ, डा. रेश्की देव, डा. सबिना श्रेष्ठ, डा. राजेश देव र डा. जयेन्द्र प्रधानाङ्ग तथा अडियोलोजिस्ट विद्वान भुषाल र भागिमान विष्टको सहकार्य छ ।

केन्द्रमा नाक, कान र घाँटी सम्बन्धी सबै समस्याको परीक्षण तथा शल्यक्रिया लगायतका परीक्षण हुने प्रधानाङ्गले बताएका छन् । 

Last modified on 2021-04-15 20:42:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts