कोरोनाबिरुद्धको दोस्रो डोज खोप २ लाख ३३ हजारले लगाए



Download our app to get more features

काठमाडौं, १० बैशाख । गत ७ बैशाख देखि शुरु भएको कोरोनाबिरुद्धको दोस्रो डोज खोप बिहीबारसम्म २ लाख ३३ हजारले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो खोप लगाउने अवधि भोलिसम्मका लागि तोकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा. झलक गौतमले देशभर तोकिएका ९५३ खोप केन्द्रबाट विहीबारसम्म २ लाख ३३ हजार बढीले खोप लगाएको बताए । उनले बाँकी रहेको दुई दिनमा थप २ लाख ६ हजारले खोप लगाउनुपर्ने जानकारी दिए ।

‘गएको १४ माघ देखि १० फागुनसम्म ४ लाख ३९ हजार जनाले खोप लगाएका थिए । त्यही बेला लगाएकाहरुलाई अहिले दोस्रो डोज खोप दिइएको हो । केही जिल्लामा तोकिएको समय अर्थात ७ बैशाखमा दोस्रो मात्रा खोप शुरु गरिएको छैन् । 
भारत सरकारको सहयोगमा १० लाख डोज कोभिसिल्ड प्राप्त गरेपछि सरकारले गत १४ माघ देखिनै खोप लगाएको थियो । अहिलेसम्म कुल खोप लगाउनेको संख्या २२ लाख नाघेको बताइएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts