चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु



Download our app to get more features

चितवन, १० बैशाख । चितवनमा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ३९ वर्षीया महिला रहेको नयाँ  मेडिकल कलेज चितवनले जनाएको छ ।

निमोनियाको समस्याका कारण वैशाख ७ गते नयाँ मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा शुक्रबार बिहान ४ बजे मृत्यु भएको हो ।

अस्पताल भर्ना भएकी उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् ।

Last modified on 2021-04-23 16:28:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts