नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर बनेका ७ जना प्रहरीको नियन्त्रणमा



Download our app to get more features

काठमाडौं, ६ वैशाख । नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाणपत्र पेश गरेर डाक्टर बनेका लागेका ७ जनालाई पक्राउन गरी सोमवार सार्वजनिक गरेको हो ।

ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।

काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिकी विराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पतालमा कार्यरत थिए ।

थापाले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गरिने बताए । 

यस्तै पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ भने कुनैपनि स्वास्थ्य संस्थामा कार्यरत नरहेको पनि थापाले बताएका छन् ।

Last modified on 2021-04-22 09:16:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts