डा.भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने



Download our app to get more features

काठमाडौं, १० बैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ट्युमरको शल्यक्रिया नेपालमै गर्ने भएका छन् । 

शल्यक्रिया नेपालमै गर्ने फाइनल भए पनि कहिले गर्ने समय तय नभएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए । उनले भने, ‘वीर अस्पतालमा गर्ने सम्भावना धेरै छ ।’ 

भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरिने उनले बताए । गत फागुनमा नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनको परीक्षण गर्दा ट्युमर देखिएको थियो । चिकित्सकले दुई–तीन महिनाभित्र शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

Last modified on 2021-04-24 08:11:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts