के हो वंशाणुगत रोग, यो कसरी सर्छ ? (भिडियोसहित)



Download our app to get more features

वंशाणुगत रोग वंशबाटै सर्छ भन्ने छैन । क्रोमोजोममा हुने परिवर्तनले ल्याउने रोगलाई अनुुवांशिक वा वंशाणुगत रोग भनिन्छ । शरीरमा हुने जीनमा खराब देखिए यस्ता रोग देखिने गर्छ । जीनले नै मानिसको स्वरुप बनाउने हुनाले एउटा कुनै जीनमा समस्या आउने बित्तिकै असर देखिन्छ । 

नेपालमा पछिल्लो समय सबैभन्दा बढी डाउन सिन्ड्रोमका बिरामी उपचार र परीक्षणका लागि आउने गरेको नोभा इन्टरनेशनल डाइग्नोष्टिककी अनुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर बताउँछिन् । उनका अनुसार पछिल्लो समय वंशाणुगत रोगको उपचार बढेको छ । थालेसेमिया, हेमोफेलिया र बच्चा धेरै खेर जाने जस्ता समस्या लिएर बिरामीहरु आउने गरेको उनले बताइन । 

यस्ता समस्या कसलाई हुन्छ भनेर एकिन गर्न नसकिने उनको भनाई छ । यस्ता समस्या महिला, पुरुष, बालबालिका सबैमा हुन सक्ने डा. ठाकुर बताउँछिन् । आनुवांशिक रोगहरुको सबै परीक्षण नेपालमै हुने गरेको छ । यो रोग लाग्न नदिन रोकथाम गर्नुपर्छ । रोकथाम भनेकै परीक्षण हो ।  

हेरौं भिडियो

Last modified on 2021-03-11 08:09:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts