हड्डि खिइने समस्या छ ? यसरी खानपानमा ध्यान दिनुहोस्



Download our app to get more features

ओस्टिओपोरोसिस हाडको तन्तुहरु खिइएर, पातलो भएर हाडमा हुने रोग हो । हाम्रो हाड कमजोर हुँदा झन धेरै समस्या आउन सक्छ । यसको खासै धेरै लक्षणहरु देखा पर्दैनन् । जस्तै ढाडहरु दुख्ने, घुँडा दुख्ने, समस्या अन्य कारणले पनि हुन सक्छ । यस्तो समस्या भैसकेको छ भने हाडको भित्री तथा बाहिरी भागमा समेत असर हुन सक्छ । कुनै कुनै बाहिरी हड्डीहरु बाङ्गो समेत हुन सक्छ ।
         
ओस्टिओपोरोसिस तथा रजनोबृति
रजनोबृति पुर्णरूपमा महिनावारी सुक्ने अवस्था हो । एउटा पत्रीका नेशनल ईन्स्टिच्यु अफ एजिङले प्रायः महिलाहरु महिनावारी बन्द भैसकेपछि अर्कै अनुभव महशुस गर्छन भन्ने देखाएको छ । यसको उमेर ४५ वर्षदेखि ५५ वर्ष सम्मको रहेको छ । 

महिनावारी सुक्न लागेपछि इस्टोरोजन तथा प्रोसटरोजेन नामको हार्माेन एकदमै कम हुन जान्छ । इस्टोरोजेन हार्मोन कम हुनासाथ शरीरको हाडहरु कम्जोर हुँदै जान्छ । यो सबै हार्माेनको कमीले गर्दा भएको हो । अर्काे कारण पहिलादेखी नै हाडहरु कमजोर हुनु पनि हो । हर्माेनको कमिले गर्दा अरु समस्या पनि आउने गर्दछन्  ।     

यसको जोखिमहरु
महिलाहरुको ३० वर्षदेखि नै हाडहरु कमजोर हुन थालेको हुन्छ । हाडको घनत्व त्यो पनि उमेर बढी हुदै गएपछि कम हुन्छ भने राम्रो आहार तथा जीवनशैलीको कारणले समेत असर परेको हुन्छ ।

धूम्रपान तथा मध्यपान 
धूम्रपान तथा रक्सी सेवनको कारणले पनि हड्डी कम्जोर भएको श्रोतले देखाएको छ । चुरोट, रक्सीको कारणले समय भन्दा अगाडि नै महिनावारी सुक्न थाल्छन । महिनावारी रोकिने बितिकै हाडको घनत्व कम हुन थाल्छन् । किनभने एस्टरोजेन हर्माेन कम भएपछि हाडहरु कमजोर भएर गएको हुन्छ ।धूम्रपान गर्ने व्यक्तिको हाडहरु टुटने, भाँचिने समस्या समेत देखा परेको छ ।

जब महिनावारी सुक्न सुरु हुन्छ, हाडको घनत्व कम हुँदै जान्छ र ओस्टिओपोरोसिस हुन थाल्छ । त्यसैले महिनाबारी सुक्नु भन्दा पहिला नै राम्रो पोषण तत्व खानामा समावेश गर्नुपर्छ । 

परिवारको इतिहास 
यदि परिवारमा पहिला देखिनै यस्तो समस्या छ भने आउने पुस्तामा समेत असर पर्न सक्छ ।महिलाहरु पुरुषहरूको तुलनामा चार गुना बढि  हाडको समस्याले ग्रसित भएको पाइन्छन् । 

महिलाहरुको तौल , पुरुषहरूको तुलनामा होचो तथा कम रहेको हुन्छ । पचास वर्षको उमेर हुने बितिकै बिभिन्न समस्या, रोगहरुको सिकार हुन थाल्छ । वुमेन हेल्थ ईन्स्टिच्युले एउटा अध्ययनमा, नेपालमा मात्रै नभई विदेशमा समेत अमेरिका,एशिया, हिस्पानीक जस्तो विकसित मूलूकमा समेत महिलामा यस्तो समस्या देखाएको छ । हाडको समस्याको साथै स्तन क्यान्सर, हृदयघात, मस्तिष्कघात समेत रहेको उल्लेख्य रहेको छ । 

नेपालमा महिलाको आफ्नो कामको जिम्मेवारीले गर्दा उचित हेरचाह गर्न नसकेको तथा स्वस्थकर खाना, स्वस्थ जिवनशैली नभएको कारणले महिनावारी पछि समस्या रहेको पाइन्छ । 

उपचारका विधिहरु ः
विभिन्न तरिकाले यस्तो समस्याको समाधान गर्न सकिन्छ । शल्यक्रिया,औषधि, खानपान र अभ्यास बाट पनि समाधान गर्न सकिन्छ ।
 क्याल्सियम, भिटमिन डि युक्त खाना,आफ्नो दैनिक भोजनमा समावेश गर्नुपर्छ । क्याल्सियममात्र भएमा हाम्रो शरीरले सोेस्न सक्दैन, त्यस्तै भिटामिन डि र क्याल्सियम दुबै हाम्रो शरीरको लागि महत्वपूर्ण भुमिका खेलेको हुन्छन् । चिल्लो युक्त माछा, जस्तै सारडिन , माक्रेल, झिंगे माछा, इत्यादी, त्यस्तै ओखर, बदाम, आलस, तिल, किसमिस,ओटस,दुध, मोहि, दहि, आदिको सेवन गर्नुपर्छ  ।           

आफ्नो तौल सन्तुलित राख्ने 
 नियमित अभ्यासले हड्डीको समस्या लाई निर्मुल पार्छ , त्यस्तै योगा ,साइकल चलाउने , पौडी खेल्ने ,हिड्ने , दौडने , इत्यादि । आफ्नो दैनिक क्रियाकलापको साथै , समय निकाल्ने पायक पर्ने अभ्यास गर्नु पर्छ।

आहार तथा जीवनशैली 
आहार तथा जीवनशैलीले धेरै रोगहरुको समाधान भएको छ । व्यस्त जीवन, कामको चापले गर्दा पोषण युक्त खानेकुरामा ध्यान पुग्दैन, समयमा सुत्ने,उठने, खाने, नगर्दा सबैको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । आफ्नो जिबनमा नकारात्मक सोचको परित्याग गर्नु पर्छ । आफ्नो एक्लोपनलाइ समाजिक काममा लगाउनु पर्छ ।       

भोजनमा सागपात तथा तरकारीहरु
सागपात तथा तरकारीले हाम्रो शरीरको लागि एकदमै महत्त्वपूर्ण हो। यसमा भएको भिटामिन सि तथा अन्य भिटामिनले हाम्रो सम्पुर्ण स्वस्थ्यको सुरक्षा गर्छ, शरीरका तन्तुलाई तथा , मस्तिष्कघात जस्ता जटिल रोगबाट बचाउन मद्दत गर्दछ  । यसमा भएको रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्दछ  ।्

एक अनुसन्धानले जुन ५० जना महिलामाथी गरिएको एउटा, अनुसन्धान जसमा नियमित प्याजको प्रयोगले ३० प्रतिशात सम्म ओस्टिओपिरोसिस्को समस्या कम भएको देखाएको छ । जुन अर्काे  समूह जसले  प्याजको सेवन नगरेकोमा उच्च जोखिम देखाएको थियो । अर्काे ३ महिना गरेको अध्धयनले ९ महिना सम्म ब्रोकाउली , बन्दा , पार्सेली को प्रयोगले हड्डीसँग लड्ने क्षमतामा वृद्धि  भएको पाइएको थियो।

प्रर्याप्त  मात्रामा प्रोटिनको प्रयोग 
प्रर्याप्त मात्रामा प्रोटिनको प्रयोगले हड्डीको समस्याको साथै अरु रोगहरु पनि निको हुन्छ । हाम्रो शरीरको ५० प्रतिशत भाग प्रोटिनले बनेको हुन्छ । जसले गर्दा उमेर बढ्ने क्रममा अझ बढी प्रोटिनको आवश्यक्ता पर्छ । एउटा बृहत्त ६ वर्षसम्मको अनुसन्धानले १ लाख ४४ हजार महिनावारी भएका महिलामा उच्च प्रोटिनको प्रयोगले सबै समस्याको जस्तै स्पाइन, चोट पटकको समस्या नभएको देखाएको छ । भिटामिन के, डि, सि, फोलिक एसिड, कोलाजिन इत्यादिको प्रयोग आफ्नो दैनिक खानपानमा समावेश गर्नुपर्छ ।

Last modified on 2021-03-04 11:58:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts