बी एण्ड बी अस्पतालमा एनआईसीयू सेवा विस्तार, ओपन पोलिसिबाट सेवा दिन सकिने



Download our app to get more features

काठमाडौं, १४ फागुन । बी एण्ड बी अस्पतालमा बाल सघन उपचार कक्ष (एनआईसीयू) सेवा विस्तार भएको छ ।

सर्वसाधारणलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको अस्पतालले आफ्नो सेवा थप विस्तार गर्दै एनआईसीयू सेवा थप गरेको हो ।

अस्पतालको बाल रोग विशेषज्ञ टिमबाट सुविधासम्पन्न गुणस्तरीय एनआईसीयू कक्षमा सेवा दिइने छ ।

एनआईसीयू कक्षको अस्पतालका सञ्चालक तथा अस्पतालका प्रवन्ध निर्देशक प्रा.डा.जगदिश लाल वैद्य, अर्का निर्देशक प्रा.डा. अशोक कुमार बास्कोटा, संस्थाका सञ्चालक सदस्य रेहेना वैद्य र पदमा बास्कोटाले रिबन काटेर गरेका थिए ।

अस्पतालको एनआईसीयू अन्य अस्पतालको भन्दा फरक रहेको निर्देशक डा. वैद्यले बताए ।

उनले शिशु एवं बालबालिकाका लागि रहेको एनआईसीयू कक्षमा आकर्षक चित्र र पेन्टिंगहरु गरिएको भन्दै यसले बालबालिका तथा अभिभावकमा सकारात्मकता ल्याउने काम गर्ने  बताए ।

उनले भने, ‘सामान्यतया अस्पतालका एनआईसीयू कक्षमा यस्ता चित्र र पेन्टिंगहरु हुँदैन तर हामीले बनाएका छौं, किनकी यसले अस्पतालमा उपचारका लागि आउने बच्चा तथा अभिभावकमा सकारात्मकता र खुशी हुन सहयोग मिल्नेछ ।’

साथै अस्पतालको एनआईसीयूमा शुक्राबारै बालरोग विशेषज्ञ डा.स्मृति मास्केले जुडुवा बच्चाको सफल डेलिभरी गराएकी छन् । जन्मेका दुबै बच्चाहरु स्वस्थ रहेको पनि बताइएको छ ।


डा. वैद्यका अनुसार अस्पतालमा ओपन पोलिसीको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट विशेषज्ञ डाक्टरहरुले अस्पतालमा आएर सेवा प्रदान गर्न सक्नेछन् ।

बी एण्ड बी अस्पतालमा बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था पनि रहँदै आएको छ ।

 

Last modified on 2021-02-26 18:39:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts