थाहै नपाई लाग्छ गिजाको रोग, जानौं लक्षण र जोगिने उपायबारे



Download our app to get more features

गिजा स्वास्थ्य सम्बन्धी धेरै मानिस अनभिज्ञ जस्तै छन् । ज्ञान भएकाहरू पनि त्यति सचेत भएको पाइदैन् । अझ कतिपयमा गिजा र दाँतको रोग एकै हो भन्ने गलत बुझाई छ । जसले गिजाको रोग क्रोनिक अवस्थामा पुगेर अन्य अंगमा गम्भीर असर पार्न थालेपछि मात्रै उनीहरू उपचारको लागि अस्पताल पुग्नेगर्छन । गिजामा कस्ता कस्ता रोग लाग्छ र यसबाट कसरी बच्ने भन्ने विषयमा दन्त चिकित्सक तथा गिजारोग विशेषज्ञ डा. रुवी दासको सुझाव यस्तो छ :—

गिजामा लाग्ने रोगलाई पेरियोडेन्ट भनिन्छ । गिजामा धेरै प्रकारका रोग लाग्छन् । गिजामा लाग्ने रोग तुरुन्त दुख्ने, बाहिरबाटै समस्या देखिने खालको नहुन सक्छ । गिजामा रोग लागेको बर्षौपछिसम्म पनि दुखाई नहुन सक्छ । यही कारण पनि गिजा सम्बन्धी रोगलाई बेवास्ता गर्ने प्रवृति बढी छ ।

गिजामा रोग लाग्ने मुख्य कारण :

  • दाँत, मुखको सरसफाईमा कमी ।
  • दाँतको पिधमा फोहोर अड्कनु ।
  • गिजामा घाउ हुँदा वा कुनै संक्रमण हँुदा ।
  • शरीरमा हर्मोनको गडबडी ।
  • लामो समय ध्रुमपान तथा मध्यपान ।
  • वंशाणुगत ।
  •  

लक्षणहरू :

गिजाको परीक्षण नगरी गिँजामा रोग लागेको सुरु मै थाहा नहुन सक्छ । तर, समस्या देखिएको धेरै समयसम्म पनि उपचार नगरे गिजामा दुख्ने हुन थाल्छ ।

  • गिजाबाट रगत आउने ।
  • दाँतले गिजाको भाग छोड्ने वा दाँत हल्लिने ।
  • गिजाबाट पिप निस्कने ।
  • गिजा सुन्निने ।
  • गिजाको रंगमा परिवर्तन आउने ।
  • श्वास गनाउने आदि ।

गिजा रोगबाट बच्ने उपाय:

  • गिजामा कुनै समस्यानै नआए पनि कम्तीमा वर्षको एक पटक गिँजाको परीक्षण गराउने ।
  • मुख र दाँतको सफाई गर्ने ।
  • बिहान बेलुका खाना खाएपछि ब्रस गर्ने ।
  • ब्रस गर्दा ४५ डिग्रीको कोणमा चारै तिर घुमाएर गर्ने ।
  • फल्स गर्ने  ।
  • गिजामा कुनै पनि समस्या आए सहेर नबस्ने, गिँजा रोग विशेषज्ञसँग परीक्षण गराइहाल्ने ।
  • दाँतको उपचार गराउँदा दक्ष चिकित्सककोमा मात्र गराउने ।

उपचार पद्धति :

गिजाको उपचार महंगो छ, उपचार गर्न निकै गाह्रो पनि हुन्छ जस्ता भ्रम धेरैमा छ । तर रोगको सुरुवाती चरणमै पहिचान भए यसको उपचार एकदमै सहज र सस्तो छ । पछिल्लो समय गिजाको फ्ल्याप सर्जरी हुन्छ । यसमा गिजालाई कोरेर सफा गरिन्छ । लेजरको माध्यमबाट पनि गिजा रोगको उपचार गरिन्छ ।

Last modified on 2021-02-25 07:38:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts