आठ ब्रान्डका औषधी बिक्री वितरणमा रोक



Download our app to get more features

काठमाडौं, १४ फागुन । औषधी व्यवस्था विभागले ८ ब्रान्डका औषधी बिक्री वितरणमा रोक लगाएको छ। मुलुकका सात औषधि उत्पादक कम्पनीहरूले न्युन गुणस्तरका औषधी उत्पादन गरेको भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो।

विभागले प्राइम फर्मास्युटिकल वीरगन्जले उत्पादन गरेको फेक्जोफेडाइन औषधी वितरणमा रोक लगाएको हो। भास्कर हर्वास्युटिकल वीरगन्जले उत्पादन ग्यास्टोजेल सस्पेन्सन औषधी वितरणमा पनि रोक लगाइएको छ।

यस्तै, सिटीएल फर्मास्युटिकल भक्तपुरले उत्पादन गरेको लेपिलेज -१०, म्याग्नुस फर्मा बाराले उत्पादन गरेको आइरोगोनल- २०० र
एमटेक मेडले काठमाडौंले‌ उत्पादन गरेको आइनक्सको बिक्री वितरणमा रोक लगाइएको छ।

बायोगेन रेमेडिज रुपन्देहीले उत्पादन गरेको आइट्याक र आर्या फार्मल्याव बाराले उत्पादन गरेको स्यानट्रान-२०० को बिक्रीमा पनि रोक लगाइएको विभागले जनाएको छ।

Last modified on 2021-02-27 08:23:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts