दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा



Download our app to get more features

दार्चुला, १० बैशाख । दार्चुलालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ दार्चुलालाई शुक्रबार ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको हो।

केहिदिन अघि मात्रै दार्चुलाका नौँ वटै स्थानीय तहमा खोप सुनिश्चितता भए नभएको, अनुगमन, निरीक्षणको काम गरिएको थियो। सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए। 

१६ देखि २३ महिना भित्रका सम्पूर्ण बालबालिकाले नियमित खोप लगाएको आधारमा दिगोपना तथा सुनिश्चितता भएको घोषणा गरिएको उनले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts