नेपालमा एकै दिन २ हजार ५५९ जनामा कोरोना संक्रमण, पाँच संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, १० बैशाख । आज देशभर दुई हजार ५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौँ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार६०१  पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया १४ हजार ७२४  पुगेको छ। आज देशभर ४१०  जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ५७५संक्रमित निको भइसकेका छन्।

देशभर ७५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा पाँच जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १२२ पुगेको छ।

Last modified on 2021-04-24 08:12:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts