महाकाली अस्पतालमा कार्यरत १३ जनालाई कोरोना, अब आइसियूमा संक्रमितको मात्रै उपचार हुने



Download our app to get more features

कञ्चनपुर, १० बैशाख । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा कार्यरत १३ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालका प्रशासनका ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगीमा कोरोनाको संक्रमण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी ‘बोक्सर’ले बताए। स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना देखिएपछि सेवा प्रवाहमा समेत समस्या परेको उनले बताए। 
आइसियूमा कोरोना बिरामीको मात्रै उपचार हुने
त्यस्तै अबबाट अस्पतालको आइसियू कोरोनाका बिरामीका लागि मात्रै प्रयोग गरिने भएको छ। अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्न थालेपछि अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अहिले कोरोनाको संक्रमण भएका ५ जना बिरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै अस्पतालको आइसोलेसनमा हाल २८ जना कोरोनाका बिरामीको उपचार भइरहेको छ। 
अब तत्कालै ६ बेडको आइसियु थप्ने प्रक्रियामा जाने र जनशक्ति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानिय तहलाई आग्रह गर्ने निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताए। 

Last modified on 2021-04-23 16:34:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts