उत्तरबस्तिः बाँझोपन भएकालाई प्रभावकारी आयुर्वेदिक उपचार पद्दति



Download our app to get more features

आयुर्वेदमा परापुर्व कालदेखि ब्लक ट्युबलाई खोल्ने चिकित्सा पद्धति छ । जसलाई उत्तरबस्ति भनिन्छ। महिलाहरुमा बाँझोपनको एउटा मुख्य कारण फलोपिएन ट्यूव ब्लकेज पनि हो । ब्लक ट्यूवले गर्दा महिलाको पाठेघरमा गर्भ बस्न सक्दैन।

 फलोपिएन ट्यूव ब्लकेज हुनुको कारण हरुः

  •     जन्मजात
  •    योनीभित्र पटक पटक इन्फेक्सनले गर्दा पनि ट्यूव ब्लकेज हुनसक्छ ।
  •    कुनै किसिमको अप्रेशनले गर्दा पनि ट्यूव ब्लकेज हुनसक्छ ।

उत्तर बस्तिको  प्रक्रियाः
 उत्तर बस्ति भनेको पाठेघर र योनिसँग सम्बन्धित चिकित्सा पद्धति हो । यस प्रक्रिया बाट ब्लक भएको ट्युबलाई खोल्न सकिन्छ । यो प्रक्रिया गदा ईन्फेक्सन नहुनको लागि सम्पुर्ण सावधानी अपनाइन्छ । यस पद्धतिमा विशेष प्रकारको जडिबुटी मिसाएको तेललाई पाठेघरको मुखबाट राखिन्छ । यो प्रक्रिया गर्दा जम्मा १५–२० मिनेट लाग्छ । यो महिनावारीबाट निवृत भए पछि ८ औ दिनदेखि १०औ दिनको बीचमा ३ दिनसम्म गरिन्छ वा बिरामीको अवस्था हेरी यसको समय अवधि बढी पनि लाग्नसक्छ ।

उत्तरबस्ति कुन–कुन अवस्थामा गरिन्छ ?

  •    फलोपिएन ट्यूव ब्लकेज भएको खण्डमा ।
  •    बारम्बार गर्भ खेर जाने समस्या भएका महिलामा ।
  •    पाठेघरमा मासु पलाएको अवस्थामा 
  •    बाँझोपन ।
  •    अत्याधिक रक्तस्राव हुने महिलाहरुमा ।

यस बाहेक अवस्था हेरी पिसावको नली ब्लाक भएमा , संकुचन भएमा बारम्बार पिसाबको इन्फेक्सन भइराखेमा पिसाबको थैलीको पुरानो भएको  खण्डमा यो उपचारको लागि बिरामीलाई भर्ना गरिराख्नु पर्दैन ।  बहिरंग सेवा अन्तर्गत नै  गर्न मिल्ने सरल प्रक्रिया हो। यो सुविधा त्रिवि आयुर्वेद शिक्षण अस्पतालमा उपलब्ध छ ।

Last modified on 2021-03-09 07:40:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts