नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४१ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २४ फागुन । नेपालमा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ४ हजार ३ सय ९९ पिसिआर परीक्षण गर्दा ४० जना महिला र ४९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ भने गत २४ घन्टामा प्राप्त मृत्यु संख्या १ रहेको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव १ प्रतिशत हो ।

Last modified on 2021-03-09 07:40:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts