भक्तपुरमा पहिलो दिन १९ सयले कोरोना खोप लगाए



Download our app to get more features

भक्तपुर, २४ फागुन । कोरोनाविरुद्धको दोस्रो चरणको पहिलो दिन भक्तपुरमा १ हजार ९ सय २७ जनाले खोप लगाएका छन्। जसमध्ये पुरुष १ हजार १ सय ९ जना र महिला ८ सय १८ जनाले खोप लगाएका हुन्।

भक्तपुर नगरपालिकामा २ सय, चागुनारायणमा ४ सय ५१ जना, मध्यपुर थिमीमा ५ सय ५५ र सुर्यविनायक नगरपालिकामा ७ सय २१ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजरले बताए।

भक्तपुरका ४२ स्थानबाट खोप लगाउने व्यवस्था मिलाइएको छ। चाँगुनारायण र सूर्यबिनायक नगरपालिकाका ११ र ११ वटा स्थानमा खोप लगाउने सुविधा छ।

मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका १० र १० स्थानबाट खोप लगाउने व्यवस्था मिलाइएको उनले बताए। ६५ वर्षमाथिका वृद्धवृद्धाले पायक पर्ने जुनसुकै स्थानबाट खोप लगाउन सक्नेछन्।

जिल्लामा ५५ वर्षमाथिका ४६ हजार ६ सय ८०, शिक्षक शिक्षिका ३ हजार ६ सय २१ जना, औषधी पसलका कर्मचारी २ सयजना, सार्वजनिक गाडीका चालक र सहचालक ७ सय १० जनालाई खोप लगाउने लक्ष्य रहेको मिजारले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts