चितवनमा ७६ वटा केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइँदै, कसले कहाँ गएर लगाउने खोप ?



Download our app to get more features

चितवन, २१ फागुन । चितवनमा यहि फागुन २३ गतेदेखि सञ्चालन हुन लागेको दोस्रो चरणको कोरोनाविरुद्धको खोपका लागि ७६ वटा केन्द्र तोकिएको छ । 

जिल्लाभर ७६ वटा केन्द्रबाट दोस्रो चरणको कोरोनाविरुद्धको खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिकामा २६, राप्ती नगरपालिकामा १४, माडी नगरपालिकामा १०, इच्छाकामना गाउँपालिकामा ९, रत्ननगर नगरपालिकामा ८, खैरहनी नगरपालिकामा ५ र कालिका नगरपालिकामा ४ वटा केन्द्रबाट खोप सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशन अनुसार फागुन २३ गतेदेखि ६५ बर्षभन्दा माथिका जेष्ठ नागरिकले खोप लगाउन सकिने उनले बताए । 

उनीहरुले आफ्नो घरपायक पर्ने खोप केन्द्र (स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी)मा पुगेर खोप लगाउन सक्ने उनले बताए । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजान तिवारीले अनुरोध गरेका छन् । यस पटक चितवनमा कोरोना भ्याक्सिनको २७ हजार डोज प्राप्त भएको उनले बताए ।


 

Last modified on 2021-03-06 11:51:38

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts