एपीएफ अस्पतालमा गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा शुरु



Download our app to get more features

काठमाडौं, २५ फागुन । नेपाल एपीएफ अस्पतालले गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको सुरु गरेको छ । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा गाईनोकोलोजी क्यान्सर एवेरनेस बिषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रम समेत संचालन भएको हो । 

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले बलम्वुस्थित एपीएफ अस्पतालमा थप गरिएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको सुरुवात गरेकी हुन् ।

गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक संचालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भीआइपि र भीआईएलआइ, पीएपी स्मेयर टेस्ट, एलबीसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ ।

सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा अस्पतालमा संचालनमा आएको गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाको सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको शुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

ट्युमर तथा ट्युमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदेशस्तरमा समेत गाइनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts