विश्व मुख स्वास्थ्य दिवसको अवसरमा ओम समाजले विभिन्न कार्यक्रम गर्ने



Download our app to get more features
Spark_health_home

काठमाडौं, २ चैत्र । ओम समाज डेन्टल हस्पिटलले विश्व मुख स्वास्थ्य दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिन्छ । 

“जसको दाँत सबल, उसको जीवन सफल” भन्ने नाराका साथ यस वर्ष यो दिवस मनाउन लागिएको हो ।

विश्व मुख स्वास्थ्य दिवस २०२१ को अवसरमा ओम समाज डेन्टल हस्पिटलले   जनचेतनामूलक कार्यक्रम, निःशुुल्क डेन्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ शिक्षा, ब्रस तथा मन्जन वितरण, दन्त्य क्षेत्रमा कार्यरत उत्कृस्टलाई सम्मान आदि लगायतका कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रमको मुख्य अतिथि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्री कृष्ण गोपाल श्रेष्ठ रहने छन् ।

शनिवार बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रममा सम्पूर्ण दन्त्य चिकित्सक, डेन्टल हाइजिनिस्ट, डेन्टल सहायक उपस्थितिका लागि अस्पतालले आग्रह गरेको छ ।

Hamro Doctor
Last modified on 2021-03-15 09:39:23

Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts