ओम समाजले सुरु गर्यो निःशुल्क दन्त क्लिनिक सेवा



Download our app to get more features

काठमाडौं, ८ चैत । ओम समाज डेन्टलले विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । 

दिवसको अवसरमा मुख स्वास्थ्यको ख्यला गर्दा ९० प्रतिशत रोग नलाग्ने भएकाले मुख स्वस्थ्य रहेमात्र स्वस्थ रहन सकिन्छ भन्ने सचेतना फैलाउने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो । 

‘वर्ल्ड फेडरेशन’ को आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वका १ सय ३० डेन्टल एशोसियशनले एकैसाथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि ‘बि प्राउड अफ योर माउथ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो ।

दिवसको अवसरमा ओम समाज डेण्टल हस्पिटलले डेन्टल एशोसियशनको सहकार्यमा शनिवार दाँतसम्बन्धी विज्ञहरूबाट सचेतना अभिवृद्धि तथा यस क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले आम जनमानसमा मुख स्वास्थ्यबारे सचेतना फैलाउन जरुरी भएको बताए । उनले मुख स्वास्थ्यबारे हेलचेक्र्याई र लापरबाही गर्न नहुने बताए । 

मन्त्री श्रेष्ठले दाँत स्वास्थ्यबारे उपचार, निःशूल्क स्वास्थ्य शिविर, सचेतनाका साथै असाहाय र पीडित व्यक्तिको उपचार सहयोग गर्ने ओम समाज डेन्टल अस्पतालका प्रमुख डा. घिमिरेको उदाहरणीय कामको प्रसंशा गरेका थिए । चिकित्सक तथा सञ्चार क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरेर थप ऊर्जा प्रदान गरेको पनि उहाँले अस्पताललाई धन्यावाद ज्ञापन गरे ।
 
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले आगामी दिनमा चिकित्सक उत्पादन गर्दा गुणस्तरीय र आवश्यकताअनुरुप जनशक्तिको सुनिश्चितता गराउनेतर्फ आयोगले विशेष ध्यान दिने बताए । 

उनले शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगले कुन क्षेत्रमा कति चिकित्सासम्बन्धी जनशक्ति चाहिने हो निक्र्योल गरेर उत्पादित शिक्षण संस्थासँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए । देशका सबै भेगका जनतालाई गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउन आयोग लागिपर्ने उहाँको भनाइ छ ।
    
यसैबीच, चिकित्सकीय सेवामार्फत तथा पत्रकारिताको माध्यमबाट सामाजिक चेतना फैलाउन पु¥याएको योगदानको कदर गर्दै ओम समाज डेण्टल अस्पतालले सम्मान गरेको हो ।

नेपालको दन्त चिकित्सामा पहिलो विशेषज्ञता हासिल गर्ने डा. माणिकरत्न बज्राचार्य, वरिष्ठ चिकित्सक डा. अनारकली पियालाई सम्मान गरिएको छ । त्यसैगरी पत्रकारहरू गोविन्द चौलागाई, सिबी अधिकारी, एलिशा ढुङ्गाना यशिमा महत र कृष्ण न्यौपानेलाई नगदसहित सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो । 

साथै दिवसको अवसरमा वरिष्ठ दन्त चिकित्सक डा. सुबास घिमिरेको माता पिताको स्मृतिमा ‘इन्द्र अन्नपूर्ण’ निःशुल्क क्लिनिक सेवा शुभारम्भ गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts