मुखको जिब्रो र ओठमा घाउ खटिरा आको छ ? यी उपाय अपनाउनुस्



Download our app to get more features

के तपाईंको मुखमा सा–साना बिबिरा, फोका–फोकी आएर हैरान हुनुभएको  छ रु मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाऊ  भएको छ ।

यस्ता घाऊ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ ।

घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। 

त्यसैले मुखको घाऊ, खटिराबाट छुट्कारा पाउन यी उपाय अपनाउ :

– मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने

– पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने

– हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने

– मह घाऊमा लपक्क लगाउने

– बढी चिल्लो नखाने

– हल्का उम्रेको गेडागुडी बिहानबिहानै खाने

– पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने

– बदाम भिजाएर खाने

– निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने

 जिरा वा खयर चपाउने यसरी पनि निको नभए चिकित्सकलाई  देखाउने ।
 

Last modified on 2021-03-23 15:15:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts