तपाईंलाई मात्रै किन लामखुट्टेले टोक्छ ? जानौं कारण र जोगिने उपायबारे



Download our app to get more features

हामीले चिसो मौसमको विदाई र गर्मी यामको स्वागत गरिसकेका छौं । बिहान र बेलुका चिसो हुने यो मौसममा तपाईंले आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुपर्ने हुन्छ । अहिलेको मौसममा सावधानी अपनाइएन भने विभिन्न रोगले संक्रमण गराउन सक्छ । त्यसकारण सावधानी अपनाउनु नै रोगबाट जोगिनु उत्तम उपाय हो ।

विशेष गरी अहिलेको मौसममा तराई क्षेत्रमा लामखुट्टे लाग्ने क्रम सुरु भइसकेको छ । लामखुट्टे भन्ने वित्तिकै पहिले आउने भनेको डेंगु रोग हो । पछिल्लो समय लामखुट्टेको टोकाइबाट अन्य रोगभन्दा पनि डेंगुले आक्रमण गरिहाल्छ की भन्ने भएको छ । त्यसकारण लामखुट्टेको टोकाइबाट जोगिन तपाईंले विशेष सावधानी अपनाउनुपर्छ ।

हुन त नेपालको परिवेशमा आजभन्दा ५ वर्ष पहिलेसम्म तराईमा देखिने लामखुट्टेहरु विस्तारै पहाडी र हिमाली भेगमा पनि देखिन थालेको छ । साथै लामखुट्टेको टोकाइबाट लाग्ने रोगहरुपनि तराईका साथै नेपालका सबै भेगमा देखिन थालेपछि त्यसले चिन्ता थपेको छ । तर, लामखुट्टेले तपाईंलाई किन टोक्छ ? लामखुट्टेको टोकाइबाट जोगिन के गर्ने ? भन्नेबारेमा हतपति सोचिँदैन वा लामखुट्टे धपाउन अनेक उपाय गरेपनि त्यो कारगर नभएको देखिन्छ ।

तपाईंले कतिको ध्यान दिनुभएको छ, जब दुई व्यक्ति वा त्योभन्दा बढी व्यक्ति कतै पार्क वा लामखुट्टे लाग्ने ठाउँमा गएको छ भने कुनै एक व्यक्तिलाई लामखुट्टेले छुदै छुदैन भने उहीसँग भएको अर्को व्यक्तिलाई लामखुट्टेले टोकेर हैरान बनाउने किन गर्छ ? यी र यस्तै जिज्ञासाको बारेमा तपाईंलाई आज हामी जानकारी दिँदैछौं । जानौं.......

मेटाबलिक रेटः तपाईंको मेटाबलिक एक जटिल विषय हो । तर, तपाईंको शरीरद्वारा निकालिएको कार्बन डाइअक्साइडलाई त्यसले निर्धारण गर्छ । कार्बन डाइअक्साइडको गन्धले लामखुट्टेलाई मानिसको तर्फ आकर्षित गर्ने काम गर्छ ।

माइक्रोबायोलोजी र मोलिक्युलर जेनेटिक्समा विज्ञता हासिल गरेकी प्राध्यापक डा.जील सेलादी स्कलमनले भाले अर्थात् मादा लामखुट्टे आफ्नो सेन्सिङ अर्गेन्सको माध्यमबाट कार्बन डाइअक्साइडको गन्धलाई पहिचान गर्न सक्ने बताइन् । सेलादीले गरेको एक अध्ययनमा गर्भवति महिला सामान्य मानिसको तुलनामा २० प्रतिशत बढी कार्बन डाइअक्साइड निस्कासित गर्ने गरेको पाइएको छ । त्यसकारण उनीहरुलाई बढी लामखुट्टेले टोक्ने गर्छ ।

स्किन ब्याक्टेरियाः के तपाईंलाई थाहा छ, तपाईंको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया लुकेको हुन्छ भनेर ? हुन त यो नराम्रो विषय होइन । तर, लामखुट्टेलाई तपाईंको नजिक आउनका लागि ती ब्याक्टेरियाले आकर्षित गर्न सक्छ । हालै गरिएको सेलादीका अनुसार लामखुट्टेलाई केही विशेष प्रकारका ब्याक्टेरिया भएका मानिसहरु बढी मन पर्छन् । जुन मानिसहरुको छालामा विभिन्न प्रकारका ब्याक्टेरिया पाइन्छ उनीहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ ।

ब्लड टाइपः मानिसको रगत कस्तो प्रकारको छ ? त्यसमा पनि लामखुट्टेको टोकाइ भर पर्छ । एक अध्ययनमा ब्लड ग्रुप ‘ओ’ भएका मानिसहरुप्रति लामखुट्टेहरु अन्य ब्लड ग्रुप भएका मानिसभन्दा बढी आकर्षित हुने गर्छन् । दोस्रोमा ब्लड ग्रुप ‘ए’ भएका मानिसहरुप्रति पनि लामखुट्टेहरु बढी आकर्षित हुन्छन् । यी दुबै ब्लड ग्रुप भएका मानिसहरुले लामखुट्टेलाई आफूतिर आकर्षित गर्नमा चुम्बकको काम गर्छन् ।

लाम खुट्टेबाट जोगिन के गर्ने ?

हल्का रंगको लुगाः लामखुट्टेहरु प्रायः जंगल, झारपात भएको ठाउँमा वा पानी जमेको ठाउँमा बसोबास गर्ने गर्छन् । तपाईंसम्म पुग्नका लागि उनीहरुले गन्ध र दृष्टिको संयोजन गर्छन् । त्यसकारण बाहिर निस्किँदा हल्का रंग भएका लुगाहरु लगाएर मात्रै बाहिर निस्कने गर्नुस् ।

नुहाउनेः लामखुट्टे तपाईंको शरीरको पसीना र ल्याक्टिक एसिडलाई निकै मन पराउँछ । त्यसकारण तपाईंले व्यायाम गरिसकेपछि वा बाहिरबाट घर आइसकेपछि नुहाउँनु पर्छ । साथै घरमा र घर वरपर किटनाशक औषधि छर्ने गर्नुपर्छ ।

मदिराजन्य पदार्थको सेवन नगर्नेः प्रोफेसर सेलादीका अनुसार लामखुट्टेलाई मदिराजन्य पदार्थको सेवन गर्ने र बियर पिउने मानिसहरुको रगत पनि निकै मन पर्ने हुन्छ । त्यसकारण या त बियरको सेवन नगर्ने साथै कुनै भिडभाड वा कोठामा बस्दा ठूलो हावा चल्ने पंखाको प्रयोग गर्ने गर्नुपर्छ ।

किटनाशकः सबै घरमा छुट्टा छुट्टै किटनाशक हुन्छ । केहि किटनाशकले लामख्ट्टेलाई तपाईंको घरबाट भगाउनमा सफल हुन सक्छ भने केहि असफल हुन सक्छ । त्यसकारण विज्ञहरु सँधै १५ प्रतिशत डीईईटीयुक्त आउने किटनाशकलाई मात्रै लामखुट्टे भगाउनका लागि प्रयोग गर्न सुझाव दिन्छन् ।

Last modified on 2021-03-19 09:36:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts