कस्तो अवस्थामा महिलाको पाठेघर फ्याँक्ने ? यसो भन्छिन् डा.पुन



Download our app to get more features
Spark_health_home

महिलामा धेरै देखिने स्वास्थ्य समस्यामध्ये पाठेघरसम्बन्धी समस्या पनि हो । धेरैजसो महिलाको पाठेघरमा मासु पलाउने, संक्रमण हुने, पाठेघरको मुखको क्यान्सर हुने गर्छ । के कारणले महिलामा यस्ता समस्या देखिन्छ र यस्ता समस्या आउनै नदिन के गर्नुपर्छ भन्ने विषयमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर सुनिता पुनसँग गरिएको कुराकानीको अंश :

पाठेघरमा मासु पलाउने समस्या करिब २०–२२ प्रतिशत महिलामा हुन्छ । सामान्यतया यस्तो समस्यालाई दुई भागमा विभाजन गरिएको छ । यस्तो मासु पलाउँदा पेट दुख्ने, पेट फुलेजस्तो हुने, महिनावारीमा बढी रक्तस्राव हुने गर्छ । 

यसकारण पलाउँछ पाठेघरमा मासु
यस्तो समस्या सबैमा एउटै कारणले हुन्छ भन्ने हुँदैन । यद्यपि, धेरैजसोमा खानपान, सरसफाइको कमी, वंशाणुगत र वातावरणीय कारणले हुने गर्छ । 

लक्षण
पाठेघरमा मासु पलाउँदा लामो समय कुनै लक्षण नै नदिन पनि सक्छ । लक्षण देखिए पनि सबैमा एकै प्रकारको नहुन सक्छ । व्यक्तिको शारीरिक क्षमता र पलाएको मासुको प्रकृतिअनुसार फरक पर्न सक्छ । तैपनि अधिकांशमा निम्न लक्षण देखिन्छन्:

  • पेट ठूलो हुँदै जाने
  • पेट दुख्ने
  • महिनावारीको समयमा बढी रक्तस्राव हुने, धेरै दिनसम्म रगत बग्ने
  • शरीर आलस्य हुने
  •  रिँगटा लाग्ने
  •  खाना अरुचि हुने, बान्ता हुने
  •  सेतो, गनाउने पानी बग्ने
  •  शरीरमा रगतको कमी हुने 
  •  त्यस्तो मासु ठूलो भए बच्चा नबस्ने, निःसन्तान हुने अवस्थासमेत आउँछ

कस्ता व्यक्तिलाई हुन्छ ?
पहिले–पहिले पाठेघरको समस्या ४५–५० वर्ष कटेका महिलामा मात्रै देखापर्छ भन्ने थियो । तर, अहिले कलिलो उमेरका किशोरीमा पनि यस्तो समस्या देखिन थालेको छ ।

किशोरीमा महिनावारी र अन्य वेलामा पनि गुप्तांगको सरसफाइमा ध्यान नदिँदा, धेरैसँग यौन सम्पर्क गर्दा, सुत्केरी अवस्थामा सरसफाइमा ध्यान नदिँदा पाठेघरसम्बन्धी समस्या देखिने गर्छ । यस्तो समस्या बढ्दै गएमा पाठेघर फ्याँक्नुपर्ने अवस्थासम्म पनि आउँछ ।

यस्ता समस्या विशेषगरी महिनावारी सुकेका महिलामा बढी हुन्छ । 

पाठेघरमा मासु पलाउनेबित्तिकै शल्यक्रिया वा पाठेघर फ्याँक्नैपर्ने भन्ने होइन । विभिन्न सहज उपचार पद्धति भित्रिएका छन् । महिलाको उमेर, उसको पाठेघरमा पलाएको मासुको आकारप्रकार र यसले गर्न सक्ने बाधाअनुसार उपचार पद्धति अवलम्बन गरिन्छ । 

पाठेघर फ्याँकेका महिलाले यस्ता विषयमा सावधानी अपनाउने

पाठेघर फ्याँकिसकेपछि कमजोरी हुने र हर्मोनमा गडबढी हुन सक्ने भएकाले सन्तुलित खानपान, सरसफाइ, व्यायाममा सन्तुलन मिलाउनुपर्छ । चिकित्सकले भनेबमोजिम औषधि सेवन, स्वास्थ परीक्षण गराउनुपर्छ । 

यसरी बच्ने पाठेघरसम्बन्धी समस्याबाट 

कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम हो । पाठेघरमा मासु पलाउने वा अन्य रोग लाग्ने समस्यामा पनि त्यही हो । यस्ता कुरामा ध्यान दिए समस्याबाट बच्न समिन्छ । 

  •     कम्तीमा वर्षको एकपटक पाठेघरको परीक्षण गराउने
  •     गुप्तांग सधैँ सफा राख्ने
  •     कम उमेरमा बच्चा नजन्माउने
  •     असुरक्षित गर्भपतन नगराउने
  •     धेरैसँग यौनसम्पर्क नगर्ने
  •     स्वस्थ र सन्तुलित खानपान गर्ने
Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts