अन्तराष्ट्रिय खुसी दिवस

दिल खोलेर हाँस्नुस् , खुसीको साँचो तपाईंसँगै छ...



Download our app to get more features

भनिन्छ जो हाँस्छ अनि नाच्छ उ धेरै बाँच्छ । जीवनमा दुःख पीडा सबैसँग हुन्छ, त्यो पीडा भित्रपनि खुसी खोज्न सके जीवन आफै मुस्कुराउँछ । हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य दुवैका लागि फाइदाजनक छ । मानिस दिल खोलेर हाँस्छ भने उसको तनाव हट्नुका साथै शरीरलाई राम्रो कसरत पनि हुन्छ ।

अन्तराष्ट्रिय अध्ययनअनुसार १५ मिनेट दिल खोलेर हाँस्नाले शरीरमा रक्तप्रवाह बढ्छ, यसले हृदयरोगबाट बच्न थप मद्दत पु¥याउँछ । मेरिल्यान्ड विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताहरूले २० जना स्वस्थ वयष्कलाई अध्ययनका लागि २ समूहमा बाँडेका थिए । पहिलो समूहलाई अत्यधिक हाँसो उठ्ने कमेडी फिल्म देखाइयो भने दोस्रो समुहलाई युद्धको दृश्य भएको फिल्म देखाइएको थियो । यस अवधिमा दुवै समूहको धमनीले गरेको कामको पनि अनुमान गरिएको थियो ।

जुन समूहले हँसाउने फिल्म हेरेका थिए, उनीहरूको रक्तवाहिनी नलीको मुखको गोलाइ २२ प्रतिशत वृद्धि भएको थियो । यसको ठीक विपरीत युद्धको दृश्य भएको फिल्म हेर्नेहरूको रक्तवाहिनी नलीको मुख ३५ प्रतिशत खुम्चिएको थियो । रक्तवाहिनी नलीको  गोलाइ बढ्नाले उसको रक्तसञ्चार राम्रोसँग हुन्छ र मुटु तथा रक्तवाहिनी नलीलाई भार पर्दैन । त्यसैले राम्रो स्वास्थ्यका लागि १५ मिनेट दैनिक दिल खोलेर हाँस्नुपर्छ ।

त्यसैले पीडा र असहजतालाई भुल्दै दैनिक १५ मिनेट दिल खोलेर तथा आवाज निकालेर हाँस्नुस् स्वस्थ जीवनको रहस्य खुशीमै छ । 

Last modified on 2021-03-21 06:28:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts