जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच हुने



Download our app to get more features
Spark_health_home

बैतडी, ३१ चैत । बैतडी जिल्ला अस्पताल बैतडीमा थाइराइडको चेकजाँच सेवा सुरु हुने भएको छ।

थाइराइड चेक गर्ने बिग्रीएको मशिन बनेपछि थाइराइडको चेकजाँच सेवा पुनः सुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। जिल्लामै थाइराइडको चेकजाँच भएपछि बिरामीहरुलाई समेत सजिलो हुने उनले बताए।

जिल्लामा अस्पतालमा २०७६ सालमै थाइराइड चेकजाँच गर्ने मशिन आएको भएपनि बिग्रेका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन्। जिल्ला अस्पतालले थाइराइड चेकजाँचका लागि ८ सय रुपैंया शुल्क निर्धारण गरेको छ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts