२४ घन्टामा देशभर थपिए २३ सय ५१ नयाँ संक्रमित, २ सय ८७ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ८ वैशाख । नेपालमा एकैदिन २ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार नेपालमा गत २४ घन्टामा २ हजार ३ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयले नियमित कोभिड १९ मिडिया ब्रिफिंगको क्रममा गत २४ घन्टामा ९ हजार ६ सय ४७ नमूना परीक्षण गरिएको छ । जसमा ८ हजार ८ सय ४४ आरटी पिसिआर परीक्षण गर्दा २ हजार २ सय २० र ८ सय ३ एन्टीजेन परीक्षण गर्दा १ सय ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ लाख ८९ हजार ९ सय १७ पुगेको बताए ।

उनले नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिने दर बढ्दै जादा निको हुने दर भने घट्दै गएको बताए । प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ । यो दर कुल संक्रमितको ९५ दशमलव ३ प्रतिशत हो । 

Last modified on 2021-04-22 09:14:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts