भारतको महाराष्ट्रमा मे १ सम्म लकडाउनको घोषणा



Download our app to get more features

बीबीसी, ९ वैशाख । भारतको महाराष्ट्रमा लकडाउनको घोषणा गरिएको छ ।

महाराष्ट्र सरकारले कोरोनाको जोखिम बढ्दै गएपछि मे १ सम्मका लागि लकडाउनको घोषणा गरेको हो ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजराति ८ बजेदेखि लागू हुने गरी मे १ तारिखसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् । 

उनले लकडाउनको बेला सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारीलाई मात्रै उपस्थित भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

यस्तै लकडाउनको समयमा वैवाहिक समारोह २ घन्टामा सम्पन्न गर्न, समारोहमा २५ जना मात्रै सहभागि हुन, सरकारी सवारीसाधनमा ५० प्रतिशत यात्रु मात्रै राख्ने पाइने भएको छ ।

राज्य सरकारले लगाएको लकडाउनमा नियम उल्लघंन गर्दा जरिवाना र सजाय पनि हुन सक्ने बताइएको छ ।

महाराष्ट्रमा कोरोनाको दर बढ्दै गर्दा अस्पताल भर्ना हुने गम्भीर प्रकृतिका बिरामीपनि बढ्दै गएका छन् । बिरामीहरुले समयमै उपचार पाउन नसक्दा मृत्यु हुने क्रमपनि विस्तारै बढ्न थालेको छ भने अक्सिजनको अभाव पनि हुन थालेको छ । 

भारतको महाराष्ट्र कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो । जहाँ हालसम्म ३० लाख ९६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2021-04-22 09:17:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts