महाराष्ट्रस्थित एक अस्पतालमा अक्सिजन लिक,सप्लाई बन्द हुँदा २२ जना बिरामीको मृत्यु



Download our app to get more features

बीबीसी, ८ वैशाख । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा अक्सिजन अभावका कारण २२ जनाको मृत्यु भएको छ ।

नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन प्लान्ट लिक भएर बिरामीसम्म सप्लाई नहुँदा २२ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।
 
नासिक नगर निगम आयुक्तका अनुसार अस्पतालमा १ सय ५० जना भर्ना भएका छन् र उनीहरुमध्ये २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
 
अक्सिजन प्लान्ट लिक हुँदा अस्पतालमा अक्सिजनको सप्लाई करिब आधा घन्टासम्म बन्द थियो । जसका कारण २२ जनाले ज्यान गुमाउनुपर्यो ।

समाचार एजेन्सी एएनआईका ट्यांकरको माध्यमबाट प्लान्टमा अक्सिजन भर्ने क्रममा यो घटना भएको थियो ।
 
नासिक नगर निगम आयुक्त कैलाश जाधवले अक्सिजन लिकेज बन्द गरिएको तर अब अस्पतालमा २३ प्रतिशत मात्रै अक्सिजन उपलब्ध रहेको बताए । उनले अस्पतालमा कोरोनाका कारण गम्भीर बिरामीको उपचारमा अक्सिजन अभाव हुँदा यसअघि पनि ११ जनाको मृत्यु भइसकेको बताए । 

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नासिक अस्पतालमा भएको घटनाप्रति दुः ख व्यक्त गरेका छन् ।

भारतमा कोरोनाको दोस्रो लहरका कारण बिरामीहरुको अवस्था र संक्रमितको अवस्था दयनिय बन्दै गएको छ । विभिन्न राज्यमा अक्सिजन अभाव हुन थालेको छ । अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्दै जादा अक्सिजन अभावका कारण मृत्यु हुने दर बढ्न सक्ने चिन्ता डाक्टरहरुले गरेका छन् ।

Last modified on 2021-04-22 09:13:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts