भारतीय नेता राहुल गान्धी कोरोना संक्रमित



Download our app to get more features

बीबीसी, ७ वैशाख । भारतीय काँग्रेस नेता राहुल गान्धी कोरोना संक्रमित भएका छन् ।

आफ्नो ट्वीटर ह्याण्डलको मार्फत् उनले आफू कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । 

कोरोनाको सामान्य लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए । जसमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि राहुलले आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र आइसोलेट गर्न भनेका छन् ।

भारतमा पछिल्लो कोरोना कोरोना संक्रमण तिव्र गतिमा फैलिँदै गएको छ । बालबालिकादेखि सबै उमेर समूह, नेता, अभिनेता सबै यसको चपेटामा आइसकेका छन् । 

विभिन्न राज्यमा लकडाउन र कर्फ्यूको घोषणा गरिएको छ भने अस्पतालमा बिरामीका लागि छुट्याइएका बेडहरु भरिन थालेका छन् । दैनिक संक्रमित थपिने दर २ लाख नाघिसकेको छ भने १ हजारभन्दा धेरैको दैनिक मृत्यु हुने गरेको छ ।

यसैबीच कोरोना विरुद्धको लडाईमा सहयोग गर्न भारतले अमेरिकासँग सहयोग मागेको छ । मुलुकमा कोरोनाका कारण अवस्था भयावह बन्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाईमा सहयोगका लागि अमेरिकासँग भनेका थिए । तर अमेरिकाले यस विषयमा हालसम्म कुनै जवाफ दिएको छैन ।

Last modified on 2021-04-22 09:15:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts