भारतले १८ वर्षभन्दा माथिकालाई तेस्रो चरणमा कोरोना खोप दिने



Download our app to get more features

भारत, ७ वैशाख । भारत सरकारले तेस्रो चरणको खोप अभियानअन्तर्गत १८ वर्षमाथिका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको बैठकले मे महिनाको १ तारिखदेखि १८ वर्षभन्दामाथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको हो । 

भारतमा १ मेदेखि तेस्रो चरणको खोप अभियानपनि सुरु हुँदैछ । 

अहिले जारी दोस्रो चरणको खोप अभियान अन्तर्गत ४५ वर्षभन्दामाथिका ५९ वर्ष ननाघेकाहरुलाई खोप लगाइँदैछ । 

भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । जसमा युवा र बालबालिका पनि संक्रमित हुँदै गएका छन् । त्यसकारण सरकारले १८ वर्षमाथिकालाई कोरोना खोप लगाउने तयारी गरेको छ ।

भारतमा कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरण १६ जनवरीदेखि सुरु भएको थियो । सुरुमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिएकाहरुलाई दिइएको थियो । खोपको दोस्रो चरण १ मार्चदेखि सुरु भएको थियो । दोस्रो चरणमा ४५ वर्षभन्दा माथिका लागि मात्रै खोप दिइएको थियो ।

सुरुमा भारत बायोटेक र सिरम इन्सटिच्युटको खोपलाई भारतले अनुमति दिएको थियो । पछिल्लो पटक विदेशमा बनेको स्पुततिक भ्याक्सिनलाई पनि आपतकालीन प्रयोगको अनुमति भारतले दिएको छ । 

Last modified on 2021-04-22 09:10:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts