उत्तर प्रदेशका ५ मुख्य शहरमा पूर्ण लकडाउन गर्न अदालतको आदेश

पूर्व प्रधानमन्त्री सिंह अस्पताल भर्ना



Download our app to get more features

बीबीसी, ६ वैशाख । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।

बीबीसीले लेखे अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

पूर्व प्रधानमन्त्री सिंहको उमेरलाई ध्यानमा राखी राजधानी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।

यसैबीच भारतमा बढ्दो कोरोनाको दरका कारण विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ । 

बिरामीहरुलाई उपचारमा समस्या हुने र अस्पतालका बेडहरु भरिएपछि अवस्था भयावह बन्दै गर्दा भारतका विभिन्न राज्य र शहरमा कडाइ गरिएको छ ।

यसैबीच, इलाहाबाद हाईकोर्टले उत्तर प्रदेशको पाँच सबैभन्दा बढी कोरोना प्रभावित शहरमा २६ अप्रिलसम्म पूर्ण लकडाउन गर्न आदेश दिएको छ ।

उत्तर प्रदेशको लखनऊ, गोरखपुर, प्रयागराज, वाराणसी र कानपुरमा सोमवार रातिदेखि नै लकडाउन लगाउन भनिएको छ ।

यस्तै पश्चिम बंगालमा कोरोना संक्रमणको दर बढेसँगै ४ हजार नयाँ बेड थपिने भएको छ । 

बंगालका मुख्यमन्त्री ममता बेनर्जीले कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भन्दै थप ४ हजार नयाँ बेड थप्न निर्देशन दिएकी हुन् ।

Last modified on 2021-04-20 07:47:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts