भारतको राजधानी दिल्लीमा एक साताका लागि लकडाउनको घोषणा
पूर्व प्रधानमन्त्री सिंह अस्पताल भर्ना

बीबीसी, ६ वैशाख । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह अस्पताल भर्ना भएका छन् ।
बीबीसीले लेखे अनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
पूर्व प्रधानमन्त्री सिंहको उमेरलाई ध्यानमा राखी राजधानी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो ।
यसैबीच भारतमा बढ्दो कोरोनाको दरका कारण विभिन्न राज्यमा लकडाउनको घोषणा गरिएको छ ।
बिरामीहरुलाई उपचारमा समस्या हुने र अस्पतालका बेडहरु भरिएपछि अवस्था भयावह बन्दै गर्दा भारतका विभिन्न राज्य र शहरमा कडाइ गरिएको छ ।
यसैबीच, इलाहाबाद हाईकोर्टले उत्तर प्रदेशको पाँच सबैभन्दा बढी कोरोना प्रभावित शहरमा २६ अप्रिलसम्म पूर्ण लकडाउन गर्न आदेश दिएको छ ।
उत्तर प्रदेशको लखनऊ, गोरखपुर, प्रयागराज, वाराणसी र कानपुरमा सोमवार रातिदेखि नै लकडाउन लगाउन भनिएको छ ।
यस्तै पश्चिम बंगालमा कोरोना संक्रमणको दर बढेसँगै ४ हजार नयाँ बेड थपिने भएको छ ।
बंगालका मुख्यमन्त्री ममता बेनर्जीले कोरोना संक्रमितको उपचारमा समस्या नहोस् भन्दै थप ४ हजार नयाँ बेड थप्न निर्देशन दिएकी हुन् ।
यसैबीच भारतको राजधानी दिल्लीमा पनि एक साताका लागि लकडाउनको घोषणा गरिएको छ ।
दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले आगामी सोमवार बिहान ५ बजेसम्मका लागि दिल्लीमा लकडाउनको घोषणा गरेका हुन् ।
दिल्लीमा पछिल्लो समय दैनिक संक्रमित थपिने र मृत्यु हुने दर बढ्दै गएको र अस्पतालमा बिरामीहरुको बिचल्ली हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts

































