नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नजिक



Download our app to get more features
Spark_health_home

काठमाडौं, ६ वैशाख । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ८ प्रतिशत हो ।

यस्तै हाल नेपालभर रहेका संक्रमितमध्ये १ सय ४८ जना आईसीयूमा उपचाररत रहेका छन् भने ४३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ सय ८७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।

Hamro Doctor
Last modified on 2021-04-19 17:13:52

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts