भारत भ्रमणपछि नेपाल फर्केका पूर्व राजा ज्ञानेन्द्र र पत्नी कोमल कोरोना संक्रमित

Download our app to get more features
काठमाडौं, ७ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह दम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारत भ्रमणमा गएर नेपाल फर्केपछि पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहले कोरोना परीक्षण गराएका थिए । दुबै जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले सोमवार कोरोना परीक्षण गराएका पूर्व राजा ज्ञानेन्द्र र रानी कोमलमा कोरोना संक्रमण पुष्टि भएको बताए ।
कोरोना संक्रमण पुष्टि भएपछि दुबै जना हाल आफ्नै निवासमा छन् ।
पछिल्लो समय भारतमा देखिएको कोरोनाको डबल म्युटेन्ट खतरनाक रहेकाले दुबै जना मन्त्रालयकै निगरानीमा छन् ।
पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल भारतको हरिद्वार लगायतका स्थान भ्रमणका लागि पुगेका थिए ।
Last modified on 2021-04-20 13:45:25
फेसबुकबाट तपाईको प्रतिक्रिया
Related Posts

































