सरकारले कोरोना रोकथामका लागि जारी गरेको आदेश उल्लघंन गरे कारबाही हुने

वैशाख ३१ सम्म यी नियम लागू गर्न मन्त्रालयको आग्रह



Download our app to get more features

काठमाडौं, ८ वैशाख । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निर्धारण गरिएका मापदण्ड लागू नगर्नेलाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै पछिल्लो समय मुलुकमा बढ्दो कोरोनाको जोखिमसँगै अवस्था थप भयावह बन्न सक्ने भएकाले सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्ड कडाईका साथ लागू गर्न गराउन अपिल गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी यदि वैशाख ६ गते संक्रमणको रोकथाप तथा नियन्त्रणका लागि आदेश जारी गरिएको भन्दै आदेशको उल्लघंन भएमा कारबाही गरिने सूचनामा उल्लेख छ । 

यस्तै सरकारले जारी गरेको आदेश अनुसार मापदण्डको पालना नभएमा र आदेशको उल्लघंन हुने गरी भएका गतिविधिहरुका कारण संक्रमण हुन गएमा संक्रमितको परीक्षण, उपचार सम्बन्धीत संस्था÷निकाय आफैले आफ्नो खर्चमा गर्नुपर्ने तथा नियमानुसारको कारबाही समेत गरिने मन्त्रालयको सूचनामा उल्लेख छ ।

यसैबीच मन्त्रालयले वैशाख ३१ गतेसम्म सरकारले जारी गरेको कोरोना महामारी रोकथाम सम्बन्धी विभिन्न नियमहरुको पनि पालना गर्न भनेको छ । 

यस्तो छ वैशाख ३१ गतेसम्म लागू गर्नुपर्ने नियमहरुः

 

Last modified on 2021-04-22 09:18:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts