नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो, थप १० जनाको कोरोनाका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, ८ वैशाख । नेपालमा थप १० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार १ सय १२ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव ०८ प्रतिशत हो ।

हाल नेपालभर रहेका संक्रमितमध्ये १ सय ८० जना आईसीयूमा उपचाररत छन् भने ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यस्तै हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार ५ सय ८२ रहेको छ । सक्रिय संक्रमितमध्ये ८ सय ३६ जना संस्थागत आइसोलेसनमा छन् भने ९ हजार ७ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् । जबकी ८६ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2021-04-22 09:13:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts