विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २४ पुस । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घन्टामा थप १४ हजार १ सय ९० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ लाख ६ हजार ६ सय ३८ पुगेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर ७ लाख ८७ हजार २ सय ९६ नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ करोड ८४ लाख ९७ हजार २ सय ९ पुगेको छ । 

हालसम्म विश्वभर संक्रमित भएकामध्ये ६ करोड ३६ लाख ७ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् । हालविश्वभर सक्रिय संक्रमितको संख्या २ करोड २९ लाख ८३ हजारभन्दा बढी रहेको छ । 

पछिल्लो २४ घन्टामा विश्वभर थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी दुई लाख ४३ हजार ३२४ जना रहेका छन् भने ३ हजार ७ सय १० जनाको मृत्यु भइसकेको छ । यस्तै भारतमा पछिल्लो २४ घन्टामा १८ हजार १ सय ४ नयाँ संक्रमित थपिएका छन् भने २ सय ३४ जनाको मृत्यु भएको छ । 
 

Last modified on 2021-01-09 15:05:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts